पोखरा खेल पर्यटनको केन्द्र : सभामुख महरा

संघीय संसदका सभामुख कृष्णबहादुर महराले पोखरा खेलकूद या पर्यटन दुवै दृष्टिले केन्द्रमा रहेको बताउनुभएको छ । पोखरा प्रिमियर लिगको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

हिमश्रृंखलाको अवलोकनसँगै क्रिकेट लगायतका खेल खेल्नु र हेर्न पाउनु असाध्यै राम्रो हुने महराको भनाई थियो । उहाँले खेल तथा पर्यटनको हिसावले पोखरा मुलुककै केन्द्र या राजधानी बन्न सक्ने बताउनुभयो । क्रिकेटलाई खेल पर्यटनको विकासमा उपयोग गर्ने हिसावले राज्यका तर्फबाट नै सहयोग हुनुपर्ने उहाँको भनाई थियो ।

खेलबाट मनोरञ्जन मात्र नभई स्वस्थ नागरिक समेत पैदा हुने भन्दै महराले देशैभर खेलकूदलाई प्राथमिकतामा दिनुपर्नेमा महराको जोड थियो । महराले पिपिएललाई आइसीसीले समेत मान्यता दिएका कारण विश्वले नै नियालीरहेको बताउनुभयो ।

Facebook Comments