पोखरामा बहुउदेश्यीय रंगशाला निर्माण गछौंः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामै अन्तराष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभएको छ । पोखरा रंगशालामा पोखरा प्रिमिएर लिग (पिपिएल) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पिपिएल शुरुवात मात्रै भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले खेदकुद पर्यटनको राजधानी बनाउन लिगले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट अन्तराष्ट्रिय स्तरको बहुउदेश्यीय रंगशाला निर्माणको पहल भइरहेको जानकारी दिनुभयो । क्रिकेटलाई प्राथमिकतामा राखेको पनि मुख्यमन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

अबको ३ वर्ष भित्र क्रिकेट मैदानलाई आवश्यक सबै पुर्वाधार तयार पार्ने उहाँको भनाई थियो । गुरुङले निजी क्षेत्र र खेलाडीको पहलले मात्र खेल क्षेत्र सशक्त हुन नसक्ने भन्दै खेलकूदलाई प्राथमिकतमा राख्ने केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Facebook Comments