जस अपजस दुवै लिऔं : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को पथमा लम्कन आग्रह गर्नुभएको छ । सस्तो लोकप्रियताले होइन, दीर्घकालीन र दिगो विकासमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो सपना पूरा हुन सक्ने मन्त्री अधिकारीको भनाई छ ।

मन्त्री अधिकारीले नेपालमा जस लिन खोज्ने तर अपजस लिन नसक्ने प्रवृत्तिले गर्दा विकास हुन नसक्ने जिकीर गर्नुभयो । समाजवादसम्म पुग्नुपर्ने यात्रालाई सबै मिलेर सहज बनाउनुपर्ने उहाँको भनाई छ ।

नेपालीहरुको महान साँस्कृतिक पर्वहरु विजया दशमी तथा दिपावली, नेपाल संवत् ११३९, छठ, ईद, ल्होसारको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले तीन तहको सरकार, सबै जनपप्रतिनिधि र राजनीतिक दलहरुको एकता र सहकार्यले नै समुुन्नत नेपालको संभावना रहेको उल्लेख गर्नुभयो ।

वर्तमान सरकारका अगाडि धेरै चुनौति रहेको मन्त्री अधिकारीको कथन थियो । राजनीतिक संक्रमणबाट उठेको देशलाई स्थायीत्व दिनुपर्ने प्रमुख प्राथमिकताका साथ सरकार अघि बढेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा (नेकपा) का केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’ ले नेकपाले चुनावका बेला जनतापप्रति जनाएको प्रतिबद्धता पूरा गरेरै छाड्ने उल्लेख गर्नुभयो । नेकपा कास्कीका नेता एवं सांसद कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा युवराज पौडेलले स्वागत र विश्वपप्रकाश लामिछानेले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments