विवेकशीलको गण्डकी प्रदेशमा प्रशिक्षण सम्पन्न

देशव्यापी संगठन विस्तारको कार्यक्रम अन्तरगत विवेकशील साझा पार्टीले पोखरामा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । शुक्रबार पोखरामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका सबै प्रमुख नेताहरुको उपस्थ्ति भएका थिए । कार्यक्रममा विवेकशील साझा पार्टीमा आस्था राख्ने गण्डकी प्रदेशका युवाहरु सहभागी भएका थिए ।

प्रशिक्षण कार्यक्रममा सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा प्रशिक्षण दिएका थिए । नेपालमा वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको र त्यसको परिपुर्ति विवेकशील साझाले गर्न सक्ने उनीहरुको भनाई थियो ।

त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशिल साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्रका विषयम, अर्का नेता केशवदाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्य बारे, युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको प्रशिक्षण दिएका थिए । विवेकशील साझा पार्टीकाअनुसार शनिबार पार्टीको प्रदेश सँयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments