घान्द्रुकको साम्रोङखोला साढे तिन करोडको झोलुङगे पुल

अन्नपूर्ण गाउँपालिका ११ स्थित साम्रोङखोला झोलुङगे पुलको बिहीवार उद्घाटन गरिएको छ । दुई सय ८७ मिटर लामो तथा एक सय ३५ मिटर उचाईको उक्त पुलको सहयोगी संस्था कादुरीका प्रमुख सर माइकल कादुरीले उद्घाटन गर्नुभयो । तीन करोड पचास लाखको लागतमा निर्माण सम्पन्न गरिएको उक्त पुलको उद्घाटन समारोहमा कादुरीका अन्य प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सदस्य राजीब पहारीले आफुले अन्नपूर्ण क्षेत्रमा रहेका पदमार्गलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नयाँपुलदेखि घान्द्रुकसम्मको सडकलाई कालोपत्रे गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

कादुरीका प्रमुख सर माइकल कादुरीले पुल निर्माणसँगै पुलको प्रयोग गरी स्थानीयको जीवनस्तर उकासिनुपर्ने भन्दै पुलको भरपुर फाइदा लिन आग्रह गर्नुभयो । पुलका स्पोन्सर नजरमान गुरुङले पुल निर्माणसँगै आफुहरुका पीडाका दिनहरु दुर भएको भनाई राख्नुभयो ।

Facebook Comments