कर बढी वा कम नलिन महागनर प्रमुख जिसीको निर्देशन

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई सेवाग्राहीसंग एक पैशा बढि र एक पैशा कम राजस्व नलिन निर्देशन दिनुभएको छ । उहााले आर्थिक रुपमा पारर्दशी, हसिलो अनुहार र मिठो बोली सहित सेवाग्राहीलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

पोखरा महानगरपालिकाले कर तथा राजस्व परिचाल सम्वन्धि एक दिने अनुशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गदै उहाँले जनतासंग राजस्व लिदा कुनै अनुचित रुपमा ब्यक्तिगत फाइदा लिएको पाइएमा कम्परमाइज नहुने बताउनुभयो ।

पैसा भन्दा सामाजिक प्रतिष्ठा ठूलो भएकाले आर्थिक प्रलोभनमा नपरि इमान्दारीताका साथका काम गर्न कर्मचारीलाई मेयर जिसीको निर्देशन थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले करमा मिलेमतो भएको पुष्टि भएमा च्यापनि गर्न नपाउने चेतावनी कर्मचारीलाई दिनुभयो । महानगरभित्रका ३३ वटै वडाका सचिव, कर तथा राजश्व प्रशासनसंग सम्वन्धित कर्मचारीलाई शुक्रबार अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । महानगरले हालै संचालनमा ल्याएको कर प्रणाली, करका क्षेत्र, करका शुल्क लगायतका बारेमा जानकारी गराएको थियो ।

Facebook Comments