पोखरा २७ मा एक वर्षमा १५ करोडको विकास निर्माण

पोखरा महानगरपालिका वडा नम्बर २७ मा आर्थिक वर्ष ०७४÷०७५ मा करिब १५ करोडको विकास निर्माणको काम भएको छ । गत आर्थिक वर्षमा वडामा करिब ५ किमी सडक पिच र एक किमी ढलान बाटो निर्माण, ७ किमी नाला निर्माण लगायतको काम भएको हो ।

उपभोक्ताबाट समेत करिब ६ करोड रुपैयाँ जनसहभागिता जुटेको छ । वडामा निर्माण गरिएका ३ वटा पक्की सडकको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभएको छ । रिठ्ठेपानीस्थिते भण्डारी टोलदेखि छत्रे ढुंगा सडक, छत्रेढुंगोदखि ईश्वर मार्ग सडक र सुन्दरी प्लट मार्ग सडकको जिसीले उद्घाटन गर्नुभएको हो ।

आफ्नो टोल आफै बनाउँ कार्यक्रम अन्तर्गत महानगरको ५० प्रतिशत र जनसहभागिता ५० प्रतिशत गरेर १३ वटा योजना सम्पन्न भएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिनुभयो । यसैबीचे योजना सम्पन्न गर्न विशेष योगदान गरेका र विकास निर्माणमा सक्रिय गरी २९ जनालाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ ।

Facebook Comments