विवेकशील साझाको गण्डकी प्रदेश संयोजकमा भण्डारी चयन

विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजक तोकेको छ । शनिबार पोखरामा एक कार्यक्रमका वीच युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजकका रुपमा घोषणा गरिएको छ ।

कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले पार्टीको परम्परा अनुरुप मातृभूमी (माटो)को टिका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश सँयोजक घोषणा गर्नुभएको हो ।

सञ्चारका व्यवसायमा आवद्ध भण्डारीले विवेकशील साझा पार्टी निर्माणका क्रममा गण्डकी प्रदेश सँयोजकको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाउने प्रण समेत गर्नुभएको छ ।
एकै पुस्ताभित्र नेपालको रुपान्तरण गर्ने अठोटका विवेकशील साझा पार्टी १ बर्ष अगाडि स्थापना भएको हो ।

पार्टीले सुदुरपश्चिम, कर्णाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का सँयोजकहरुको घोषणा गरिसकेको छ । हाल विवेकशील साझा पार्टी देशभरी संगठन विस्तारको अभियानमा छ ।

Facebook Comments