पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्स र काठमाण्डौं रोयल्स विजयी

सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा शनिबारको दोस्रो खेलमा काठमाण्डौं रोयल्स. विजयी भएको छ । काठमाण्डौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको हो ।

काठमाडौं रोयल्सले टस जितेर ब्याटिङ रोजेको थियो । जसमा काठमाडौंले धनगढी ब्लुजलाई १८१ रनको चुनौति दिएको थियो । निर्धारित २० ओभरमा धनगढी ब्लुजले १६२ रनमात्र बनाएको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा काठमाडौं रोयल्स र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा धनगढी ब्ल्युज प्रतियोगितामा भाग लिएका हुन् ।

यसअघि पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । सोमपाली कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले पारस खड्का कप्तानीमा रहेको चितवन राइनोजलाई ७० रनले पराजित गरेको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १६ ओभर ५ बल खेल्दै ६५ रनमै अलआउट भएको हो ।

खेलमा सोमपाल कामीले चार, ललित भण्डारीले दुई, रोहन मुस्तफाले एक विकेट झारेका थिए । पारसले टिमका लागि सर्वाधिक १० रन जोडे भने सन्नी पटेलले ९ र करण केसीले ७ रन बनाए ।

विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भएपछि बुटवलको पनि शुरुवात भने खराव रह्यो ।

चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए । यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वा्धिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

                                                                                                                                             तस्विर सौजन्यः सुदर्शन रञ्जित

Facebook Comments