संघीय प्रहरी ऐन छिटो संशोधन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको आग्रह

समुदाय प्रहरी साझेदारी कार्यक्रमको गण्डकी प्रदेशमा एक कार्यक्रमका वीच आइतबार शुभारम्भ भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गर्नुभएको हो । गुरुङले प्रहरीमा राजनीति हुनेगरेको भन्दै प्रहरी संगठनमा राजनीति गर्न नहुने बताउनुभयो । उहाँले प्रहरी अप्ठेरो र संकटको बेलाको साथी भएको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश भित्रको शान्तिसुरक्षाको जिम्मा प्रदेश सरकारको भएकोले प्रदेशमा संविधानले दिएको प्रहरी संगठन हुनुपर्ने बताउनुभयो । संघीय प्रहरी ऐन संसोधन नहँुदा प्रदेशले प्रहरी ऐन बनाउन नपाएको बताउनुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु हुनुले संघियताको कायान्वयनमा बल पुगेको बताउनुभयो ।

उहाँले नागरिक र जनताको सम्बन्ध समधुर भए आपराधिक घटनामा कमी आउनुको साथै अपराधमा पनि कमी आउने बताउनुभयो । सामाजिक विकास मन्त्री नरदेवी पुनले समुदाय – प्रहरी साझेदारी कार्यक्रम केहीसमयको लागि मात्रै नभएर सधैको लागि हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीे, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री लगायतले प्रहरी बर्दी सहितको नागरिक र नागरिक विना बर्दीको प्रहरी भएको बताउनुभयो । अपराध कम गराउन प्रत्येक नागरिकको भुमिका हुने भन्दै टोलछिमेकमा शंकास्पद ब्यक्ति देखे प्रहरीलाई खबर गर्न सो अवसरमा आग्रह गरिएको थियो ।

Facebook Comments