पार्टीभित्रको आन्तरिक कलह नेकपाका लागि खतरा –अध्यक्ष प्रचण्ड 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक कलह नेकपाका लागि खतरा रहेको वताउनुभएको छ । गलत सोचले पार्टी कमजोर हुने खतरा रहेको उहाँको ठहर छ । पार्टी एकताको छोटो समयमै पार्टीभित्र देखिएको विवादलाई लक्षित गर्दै प्रचण्डले यस्तो वताउनुभएको हो ।

आइतबार नेकपा चितवनले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भित्रको आन्तरिक कलह नै पार्टी एकताको लागि खतरा भएको दाबी गर्नुभयो । पार्टीका नेता कार्यकर्ता स्वार्थी बने आफैंले आफैंलाई सिद्धाउने आँकलन गर्दै प्रचण्डले आफु भित्रको मैलो सफा गर्न सके नेकपालाई कसैले पनि परास्त गर्न नसक्ने ठहर गर्नुभयो ।

पार्टी एकता अघि नै देश भित्र तथा बाहिर ठूलो शक्ति लागेको उल्लेख गर्दै सामान्य कुरामा विवाद गर्नु नहुनेमा अध्यक्ष प्रचण्डको जोड थियो । आफ्नै कारण कम्युनिस्ट कमजोर हुने प्रचण्डले वताउनुभयो ।

विकास र बिनासको मुख्य कारण आन्तरिक रहने तथा बाहिरी तत्व साहायक मात्रै हुने गरेको उल्लेख गर्दै प्रचण्डले सबै कुरा छोडेर २०१९ सालदेखी विभाजित कम्युनिस्ट पार्टीमा दुई ठूला शक्ति मिलेपछि बनेको राजनीतिक स्थिरता जोगाउनु सबैको दायित्व रहेको वताउनुभयो । सो अवसरमा उहाँले तल्लो तहसम्म पार्टी एकताका लागि काम भइरहेको भन्दै कार्यकर्तालाई आश्वस्त समेत पार्नुभएको थियो ।

Facebook Comments