लक्ष्मी पुजाको दिन दिप साँझ २०७५ को सातौँ संस्करण हुने

दिप युनाईटेड क्लव पोखरा १६ को आयोजनामा सातौँ संस्करणको दिप साँझ २०७५ यहि कात्तिक २१ गते बुधबार हुने भएको छ । लक्ष्मिपुजाका दिन हुने उक्त साँझको आवाश्यक तयारी थालिएको क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

क्लवको आफ्नै भवन निर्माणका लागी रकम संकलन गर्ने, पोखरा १६ सेतिमार्गमा निर्माणधिन बहुउद्देश्यीय पार्कमा बाल तथा वृद्धमैत्री संरचनाहरु निर्माण गर्ने, क्लवका वार्षीक कार्यक्रम संचालन, ६० वर्ष उमेर पुगेका वृद्धा आमाहरुलाई एक दिने धार्मीक भ्रमण, युवा लक्षित तथा सामाजिक सचेतनाका कार्यक्रमहरु संचालनका लागी अर्थ संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक राजेश गुरुङ्ले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली संस्कृतिको जगेर्ना, संरक्षण तथा प्रवद्र्धन गर्ने, सामुदायिक एकतामा जोड र भातृत्वको भावना अभिवृद्धि गर्ने तथा निकट भविष्यमा विभिन्न जातजातिहरुका लागी सामुदायीक बहुउदेश्यीय भवन निर्माण गर्ने लक्ष्य समेत राखेको छ ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक नविन के भट्टराई, गायीका इन्दिरा जोशि, सन्ध्या बुढा (काउली बुढि), ड्रिमर्ज व्याण्ड, लेजेण्ड व्याण्ड लगायत चर्चित कलाकारहरुको प्रस्तुति रहने क्लवका सचिव रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न ८ लाख ९० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

Facebook Comments