पोखरामा विभिन्न घटनामा १ को मृत्यु २ घाइते

पोखरामा होटलमा पेन्ट गर्ने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका(१८ सराङकोटमा होटल बाराहीको बन्दै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने वर्ष(२५को राज कुमार मगरको लडेर मृत्यु भएको हो ।

उक्त रिसोर्टको तेश्रो तलाबाट अचानक खस्दा घाईते भई उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा डाक्टरले चेकजांच गर्ने क्रममा मृत घोषणा गरेकाप्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै पोखरा महानरपालिका ९ बास्तोला थरमा ईन्द्र प्रसाद बास्तोलाको घरको कम्पाउण्डिङ गरेको पर्खालमा खेल्ने क्रममा उक्त पर्खाल लडि च्यापिंदा सोही स्थान कै वर्ष ५को गौरब थापा र वर्ष ७को शुशान्त पोख्रेल घाईते भई उपचारको लागि फिसटेल अस्पताल लगिएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

पोखराकै १५ नं. वडामा पानी टंकीको गाह्रोमो चेपिएर १ घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गा थाले(५ घर भई हाल पोखरा महानगरपालिका(१५ लक्ष्मीटोल बस्ने वर्ष ३५ को महेश कुमार राई पोखरा महानगरपालिका(१० राममार्ग स्थित अनिता तिमिल्सिनाको घरमा पानी ट्याङ्कीको गाह्रो लगाएर आर.सि.टी.जाली बुन्ने बेलामा जालि र गाह्रो भत्कन गई निजलाई चेपेको बताइएको छ ।

प्रहरी टोलीले स्थानीयको सहयोगमा ृद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगीएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments