प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तर्क्रिया

पोखरामा सामुदायकि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका(२५ हेम्जाको वडा कार्यालयमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले समुदायको सहयोग विना प्रहरीले मात्र केह गर्न नसक्ने बताउनुभयो ।

आपराधिक घटना रोक्न तथा समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नको लागि समुदाय र प्रहरीको हातेमालो हुनुपर्ने उहाँको भनाई थियो । उक्त कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला समन्वय समितिका अध्यक्ष सोभाखर बास्तोला लगायतले प्रहरी समुदायको सहकार्यमात्र जोड दिएका थिए ।

Facebook Comments