दिदीले बहिनीलाई अन्यायमा पारेको भन्दै ज्ञापनपत्र पेश बाबुलाई पति र हजुरबालाई ससुरा बनाएर जग्गा जति आफ्नै नाममा

आफ्नै बाबुलाई पति र हजुरबालाई ससुरा बनाएको दिदीले बहिनीले माथि अन्याय गरेको भन्दै पोखराका महिलाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री, उपसभामुख, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र वडा कार्यालय १५ मा मंगलबार जानकारी गराएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरीक मामिला तथा कानुनमन्त्री हरीबहादुर चुमान, उपसभामुख सृजना शर्मा, महानगरपालिका प्रमुख मान बहादुर जिसी र १५ का वडा अध्यक्ष प्रकाश पौडेललाई दुर्गा अन्यायमा परेको विषय जानकारी गराइएको हो ।

सो क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कहिलेकाँही कानुनले एउटा पक्षलाई न्याय दिदा अर्को पक्ष अन्यायमा परेको हुनसक्छ, यसको विषयमा यथार्थ बुझेर अगाडी बढ्ने बताउनुभयोे । गुरुङले आफुले कानुनको परिधिमा रहेर गर्नसक्ने सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफुलाई यो विषय पहिलादेखि नै जानकारी रहेको भन्दै दुर्गालाई न्याय दिने बाटोको खोजी भईरहेको बताउनुभयो । समाजसेवी पवित्रा गुरुङको पहलमा विगत देखि दुर्गा कुँवरको पक्षमा अदालतले पनि दिदी रत्नाकुमारी शाहकै पक्षमा फैसाला गरेपछि स्थानिय महिला र माजसेवीले यसको विरोध गरीरहेका छन् ।

अभियानकर्ता पवित्रा गुरुङले २०/२२ वर्ष जेठी दिदीले जालसाजी गरि सम्पुर्ण कागजात आफ्नै पक्षमा पारेकाले कानुनी हिसाबमा दुर्गा चुकेको बताउनुभयो । तर जालसाजी गरेर आफ्नै बहिनीलाई सडकमा पुर्याउने दिदीलाई सामाजीक बहिस्कार गरि अधिकार दिलाउन सबै पोरेली दिदी बहिनी दाजुभाईहरुलाई आह्वान गर्नुभएको छ ।

उहाँले आफुहरु दुर्गाको न्यायका लागि अन्तिमसम्म पनि लडिरहने बताउनुभयो । दुर्गा कुँवर पोखराको रामबजारमा पुरानो घरमा बस्दै आउनुभएको छ । जुनघरमा बसेको ४३ वर्ष भयो । दुर्गाका बाबा भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । त्यहिबाट कमाएको पैसाले पोखराको रामबजारमा घरजग्गा जोड्नुभयो । घरजग्गा मात्रत्र जोड्नुभएन त्यतिबेलापनि छोरी रत्नाकुमारीलाई राम्रो सँग पढाउनुभयो ।

रत्नाकुमारीले जालसाजी गरि सबै कागजपत्र मिलाएर उक्त जग्गा आफ्नो नाममा ल्याईन र चुपचाप बसेको महिलाहरुको दावी रहेको छ । रत्नाकुमारीको बिहे भएको र आफ्ना लाहुरे पतिसँग ब्रिटीस गएको उनीहरुको भनाई छ । यता बहिनी दुर्गा बिहे नगरी घरमा बा आमाको रेखदेख गरेर बस्नुभयो । दुर्गालाई त्यतिबेलासम्म पनि थाहा भएन की जग्गा दिदीको नाममा छ ।

बा आमाको देहवसान भएपछि दुर्गाले काजकिरीया गर्दासम्म पनि रत्ना फर्केर नआएको बताइएको छ । तर २०६१ सालमा आएर दिदीले बहिनीलाई यो मेरो सम्पति हो त्यसैले घर निस्कनु भनेपछि मात्र दुर्गा कुँँवरलाई घटनाबारे थाहा भएको हो ।

आफ्नो सानो उमेरमा बाबा आमा भन्न नसिक्दै हातले कखगघ लेख्न नजान्दै दिदी रत्नाकुमारीले बनाएका प्रमाणका अगाडी दुर्गाको केहि लागेन जिल्ला अदालत कास्की र उच्च अदालत पोखराले दिदीकै पक्षमा फैसाला गरिदियो । तर रामबजारबासी बा आमा दाजुभाई दिदीबहिनी बाहेक दुर्गा अन्यायमा परेको कसैले देखेन । उनीहरुले नै प्रदेश सरकार र अन्य सरोकारवाला निकायका प्रमुखसमक्ष ज्ञापनपत्र पेश गरेका हुन् ।

Facebook Comments