पोखरामा होर्डिङ बोर्ड व्यवस्थापन सम्झौताप्रति काँग्रेसको विरोध

होर्डिङ बोर्ड व्यवस्थापन बारे पोखरा महानगरपालिका र पोखरा उद्योग बाणिज्य संघवीच भएको सम्झौताप्रति काँग्रेसले विरोध जनाएको छ । काँग्रेसका तर्फबाट पोखरा महानगरपालिकामा दलका नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति जारी गर्दै सम्झौताको विरोध गरिएको हो ।

डिजिटल बोर्ड राख्न टेण्डर गर्ने निर्णय भएकोमा पुनः उद्योग बाणिज्य संघसँग सम्झौता गरिएको पत्रिका मार्फत थाहा पाएको भन्दै काँग्रेसका तर्फबाट महानगरमा प्रनिधित्व गर्ने वडाध्यक्षहरुले निन्दा गरेका छन् ।

यसका साथै महानगर क्षेत्रका विद्यालयको गत आ.व ०७४/७५को लेखा परिक्षक नियुक्ति समेत पनि प्रचलित कानुनी व्यवस्था विपरीत रहेको विज्ञप्तिमा जिकीर गरिएको छ । नागरिकलाई समेत सूचना दिनुपर्नेमा कार्यपालिका सदस्यलाई समेत जानकारी नदिई सुशासन पारदर्शि हुन नसकेको तथा बहुमतको दम्भ देखाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments