पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज र चितवन राइनोज विजयी

पोखरा प्रिमियर लिगमा बिहीबारको खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्स २० रनले पराजित भएको छ । १६२ रनको लक्ष्य पाएको बुटवलले निर्धारित २० ओभरमा १४१ रन मात्र बनाएको हो ।

खेलमा टस जितेर धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । जारी प्रतियोगितामा बुटवल ब्लास्टर्सले ४ खेलमा दुई खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । त्यस्तै धनगढीले पनि ४ खेलमा २ मा जीत र २ मा हार बेहोरोको छ ।

यसअघि विहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको थियो । पारस खड्काको कप्तानमीमा रहेको चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।जितपछि चितवनको पनि ४ खेलबाट ४ अंक भएको छ ।

यसअघि पहिलो र दोस्रो खेलमा चितवनले लगातार हार ब्यहोरेको थियो भने तेस्रो खेलमा र चौथो खेलमा जित निकाल्दै उपाधि होडलाई कायमै राखेको हो । यता, पहिलो पटक हार ब्यहोरेको काठमाडौं रोयल्सको पनि उपाधि होड कायमै रहेको छ ।

Facebook Comments