पोखरा विमानस्थलको १७ प्रतिशत निर्माण कार्य सम्पन्न

पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १७ प्रतिशत काम सम्पन्न भएको आयोजवनाले जनाएको छ । विमानस्थलमा टर्मिनल भवनको फाउन्डेशनको काम सकिएर जग उठाउने प्रक्रिया सुरु भएको छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात करीब १२ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो ।

अनुगमनमा आएको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्ड्न अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपाल नेतृत्वको टोली समक्ष आयोजना निर्माणको अवस्थाबारे जानकारी गराउँदै मुनाकर्मीले १७ प्रतिशत कार्य प्रगति भएको जानकारी दिनुभएको हो ।

विमानस्थल अनुगमनपछि समितिका सभापति नेपालले तोकिएको मिति अर्थात आगामी २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । १४ हजार वर्गमिटरको टर्मिनल भवन २०२० को जुलाईसम्ममा निर्माण सकिने र २०२१ सम्ममा पुरै विमानस्थल निर्माण सम्पन्न गरिसक्ने लक्षका साथ काम भइरहेको छ ।

Facebook Comments