संस्कृति जोगाउन पोखरा १३ मा नौमती वाजा निशुल्क वितरण

पोखरा महानगरका ३३ वडा मध्य नमूना वडा वन्ने प्रयासमा अगाडी वढेको वडा नं १३ यतीवेला सस्कृती संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परंपरागत नौमती वाजालाई जोगाउन वडाध्यक्ष दर्शन लामाले आफ्नो वडा भित्रका तीन वटा समूहलाई एक/एक सेट नौ मती वाजा निशुल्क हस्तान्तरण गर्नुभएको हो ।

स्थानीयले नौमती वाजाको संरक्षणवाट वडामा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास लिएका छन् । नेपाली कला, सस्कृती र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेसी पर्यटकहरु नेपाल आउने गर्दछन् ।

विशेषगरी नौमती वाजाको धून पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमती वाजा वजाउने गरिन्छ । नौमती वाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष लामाले उल्लेख गर्नुभयो ।

आफ्नो कार्यकालमा वडा नं १३ लाई धूलोमुक्त वडा वनाउने प्रयासमा सक्रिय रहदै आउनुभएका वडाध्यक्ष लामाले वडाभित्र भौतीक, सामाजिक, शैक्षिक, तथा साँस्कृतिक विकासमा अग्रसरता देखाउनुभएको हो । तीन लाख ४० हजार मूल्य वरावरको तीन सेट वाजामा दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याङ्को र एउटा झ्याली रहेको छ ।

Facebook Comments