उपचारमा सहयोग गर्न आग्रह

पोखरा १४ छिन्नेडाँडाकी सगुन राईको उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेका छन् । राईलाई एआरडिएस भाइरसको संक्रमणको कारण फोक्सोमा समस्या भएपछि मणिपाल अस्पतालमा उपचार गराईएको थियो । अहिले पुनः ढाडमा संक्रमण देखिएपछि परिवारलाई समस्या परेको छ ।

फोक्सोको उपचारमा विभिन्न संघ संस्थाको सहयोग रहेको थियो । अहिले करिव ८५ हजार ऋण रहेको बुका अर्जुन राईले जानकारी दिनुभयो । आफू ज्यालादारी काम गरेर परिवार पाल्नुपर्ने र ऋण तिर्न समस्या भएकाले उपचारमा समस्या भएको उहाँको भनाई छ ।

सगुनलाई ढाडमा पुनः घाउ भएपछि हरियोखर्क अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । पुरानै ऋण रहेको अवस्थामा पुनः १ लाखभन्दा बढी खर्च लाग्ने भएपछि राई परिवारलाई चिन्ता बढेको छ । अस्पतालमा नै २१ दिन भन्दा बढी राखेर उपचार गर्नुपर्ने भएकाले थप समस्या भएको छ ।

फोक्सोको उपचार गराउने क्रममा ढाडमा सानो घाउ भएको र नर्सहरुलाई भन्दा बेवास्ता गरेको विरामी सगुनको भनाई छ । कक्षा १२ मा अध्ययनरत सगुनको आमाको मृत्यु भइसकेको छ ।

Facebook Comments