एकता र मेलमिलाप आवश्यक : नेकपा अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा यस्तो बताउनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चियापानले आपसी एकता र सदभाव बढाउने बताउँदै एकता र मेलमिलाप आज पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक परिवर्तन पार्टीहरुबीचको एकताले मात्र सम्भव भएको पनि बताउनुभयो ।

कार्यक्रममा वोल्दै पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताउनुभयो । मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै चियापान कार्यक्रमले आपसी सदभाव बढाउने देउवाको विश्वास थियो ।

Facebook Comments