पेशागत तथा शैक्षिक विकासको माग सहित देशभरका शिक्षकहरु आन्दोलित

शिक्षण पेशामा कार्यरत देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । तेस्रो चरणको आन्दोलन अन्तर्गत सवै स्थानिय तहमा भेला भइ धर्ना वस्ने तथा विरोधसभा गर्ने पूर्व घोषित तालिका अनुसार आज पोखरामा पनि शिक्षकहरुले आन्दोलन गरेका छन् ।

नेपाल शिक्षक महासंघ कास्कीको आयोजनामा आन्दोलित शिक्षकहरु पोखरा महानगरपालिका अगाडि धर्नामा वसेका हुन् । सरकारले शिक्षकका मागहरुलाइ वेवास्ता गरेकोले आफुहरुले तेश्रो चरणको आन्दोलन गर्नुपरेको शिषकहरुले बताएका छन् ।

दिउसो धर्नामा वसेका शिक्षकहरुले पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसिलाई पेशागत हकहित सम्बन्धि २६ वुँदे ज्ञापन पत्र समेत वुझाएका छन् । साथै उनीहरुले शैक्षिक विकास सम्बन्धि ६ बुँदे माग समेत राखेका छन् ।

ज्ञापनपत्रमा संविधानको धारा ३१ मा शिक्षा सम्वन्धि भएको हक पूर्ण रुपमा लागु गर्नु पर्ने, कुल वजेटको २० प्रतिशत र कूल गार्हस्थ उत्पादनको ४ प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरिनुपर्ने, स्थायी र अस्थायी सेवा जोड्दा २० वर्ष पुग्ने र निवृत हुन चाहने शिक्षकलाई न्यूनतम २० वर्ष मानी निवृत्तीकरणको व्यवस्था गरिनुपर्ने लगायत का माग राखिएको छ ।

Facebook Comments