चिनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच व्यापार विवादबारे टेलिफोन वार्ता

अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बिषयमा टेलिफोन वार्ता भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भएको राष्ट्रपति ट्रम्पले ट्विट मार्फत बताउनुभएको छ । आफुहरुवीचको कुराकानी मूख्यतःः व्यापारका विषयमा केन्दि«त रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने पनि बताउनुभएको छ । जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टीनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ ।

Facebook Comments