लेखनाथमा आदर्श महोत्सव २०७५ हुने

लेखनाथको भण्डारढिक सैनिक वस्तीमा रहेको आदर्श युवा क्लबले कात्र्तिक अन्तिम सातामा आदर्श महोत्सव २०७५ को आयोजना गर्ने भएको छ । खेलकुद युवाको पहिचान, समृद्ध नेपाल हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले आगामि कात्तिक ३० गते देखि मंसिरको ९ गने सम्म महोत्सवको आयोजना गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

महोत्सवमा २ सय ६८ वटा स्टल रहने छन् । जसमध्ये १२ वटा छुट्टै रेष्टुरेण्टका स्टल र अन्य विविध स्टलहरु रहने आयोजकले जनाएको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन तथा स्थान पहिचान गराउने कार्य पनि महोत्सवबाट हुने आयोजकले आशा गरेको छ ।

त्यसका लागि झाँकी प्रदर्शनी, विद्यालयस्तरि नृत्य प्रतियोगिता, चर्चित राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारहरुको प्रस्तुती, ख्याती प्राप्त राष्ट्रिय स्तरका व्याण्डहरुको लाइभ कन्सर्ट, आधुनिक कलाकाहरुको प्रस्तुती महोत्सवको आकर्षणको रुपमा रहने आयोजक आदर्श क्लबका अध्यक्ष लक्ष्य भण्डारीले जानकारी दिनुभयो ।

महोत्सव सम्पन्न गर्नका लागि अनुमानित लागत ६८ लाख लाग्ने छ । करिब १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखेको मेलाको अनुमानित आम्दानी १ करोड रुपैयाँ लाग्ने आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments