तिहारमा नेपालमै उत्पादित फुलको माला प्रयोग गर्न नेता अधिकारीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–संयोजक एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले नेपाली उत्पादन बढाउन र प्रयोग गर्न सुझाब दिनुभएको छ । आज पोखरा महानगरपालिका वडानं १४ नेकपा संयन्त्रले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अधिकारीले तिहारमा पनि स्वदेशी फुल र उत्पादन प्रयोग गर्न सम्वन्धित सवैलाई आग्रह गर्नुभयो ।

अधिकारीले विदेशमा निर्माण भएका खादा पनि प्रयोग नगर्न आग्रह गर्नुभएको छ । चिनियाँहरु नेपाल आउदा खादा लगाएर स्वागत गर्ने क्रममा फ्री तिब्बत लेखिएका खादा प्रयोग भएको प्रसंग सुनाउदै चिनिया अधिकारीहरु नेकपा संग रुष्ट भएको स्मरण गर्नुभयो । खादामा लेखिएको भाषा बुझ्न नसक्दा समस्या भएको उहाँको भनाई थियो ।

यसैवीच, वडा नं १४ मा शुभकामना आदान प्रदान संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १४ नम्बर वडाको कार्यालयको उदघाटन गरिएको छ । प्रतिनिधि सभाका सांसद एवं नेकपाका गण्डकी सह संयोजक खगराज अधिकारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सांसद मनबहादुर गुरुङ, सासद प्रभा कोइराला लगायतले संयुक्त रुपमा ब्यानर अनाबरण गरेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।

Facebook Comments