युवाहरुको लगानीमा पोखरा १४ मा कृषि फार्म सञ्चालन

कृषि तर्फ पछिल्लो समय युवाहरुको आर्कषण बढ्दै गइरहेको छ । स्वदेशमै रहेका युवा हुन या विदेश बाट स्वदेश फर्केका युवाहरु अहिले कृषिमा लगानी गर्न लागि रहेका छन् । पोखरा १४ राधाकृष्ण टोलमा ६ जना स्थानीय युवाहरु मिलेर राधिका एकीकृत कृषक समुह बनाएर कृषि कर्ममा लागेका छन् ।

उक्त समूहले एक करोडको लागतमा १६ रोपनी जग्गामा तरकारी खेतीका साथै भैसीपालन गरेको छ । समुहका सदस्य रेशम जिसीका अनुसार ७ रोपनी क्षेत्रफलमा हाइटेक ग्रिन हाउस, केही जग्गामा खुल्ला रुपमा तरकारी र भैसीपालन व्यवसाय रहेको छ ।

नेपाल सरकारको हाइटेक ग्रिन हाउसको लागि १६ लाख अनुदान दिएको उहाँले जानकारी दिनुभयो । फार्ममा २० वटा भैसी पनि रहेका छन् भने उक्त फार्मबाट करिव ३ लाख ५० हजार आम्दानी हुने गरेको छ । दुधमा बजारको समस्या नभए पनि तरकारीका लागि भने बजारको समस्या रहेको जिसीको भनाई छ ।

बजारमा छिमेकी जिल्ला तथा भारतबाट समेत सिजन अनुसारका तरकारी सस्तो मुल्यमा आयात हुँदा स्थानीय उत्पादनलाई समस्या पर्ने गरेको हो । हरके क्षेत्रमा यस्तो समस्या देखिएको हुँदा निराकरण गर्नका लागि स्थानीय ताजा उत्पादनको बजारीकरणका लागि राज्यका तर्फबाट नै सहयोग हुन आवश्यक देखिन्छ ।

Facebook Comments