पिपिएलमा पोखरा पल्टन फाइनलमा, काठमाडौं र चितवन प्ले अफ खेल्दै

पोखरा प्रिमियर लिगको समूह चरण पार गर्दै पोखरा पल्टन फाइनलमा प्रवेश गरेको छ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै पोखरा पल्टन फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै हुलास काठमाडौं रोयल्स, र चितवन राइनोज् प्ले अफ चरणका प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवनले विराटनगरलाई ४ विकेटको अन्तरले नै पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले ६ विकेट गुमाएर पुरा गरेको हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । जितसँगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ । आज भएको दोस्रो खेलमा सन्नी पटेलको उत्कृष्ठ प्रदर्शनसँगै चितवन राइनोज विजयी भएको छ ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ४ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा सन्नी पटेलले शानदार अर्धशतक प्रहार गरेपछि चितवनले जीत हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनायो ।

जवाफमा १४६ रनको लक्ष्य पछ्याएको चितवनले सुरुआत कमजोर गरेपनिमध्यक्रमले भरपर्दो योगदान दिएपछि लक्ष्य ३ बल वाँकी छदै पूरा गरेको थियो । अब प्रतियोगितामा फाइनल प्रवेशका लागि काठमाडौं र चितवनबीच प्ले अफ खेल हुनेछ भने लिगको शीर्ष स्थानमा रहँदै पोखरा फाइनलमा प्रवेश गरेको छ ।

तस्विर सौजन्यः सुदर्शन रञ्जित

Facebook Comments