दोस्रो सर्वेश्वर दिपावली साँझ २०७५ हुने

पोखरा महानगरपालिका वडा नं ४ सर्वेश्वर व्यवसायी समितिको आयोजनामा दोस्रो सर्वेश्वर दिपावली साँझ २०७५ हुने भएको छ । कार्तिक २० गते मंगलबार सर्वेश्वर मार्गमा दिउँसो साढे पाँच बजेदेखी साँझ साढे नौ बजेसम्म महोत्सव हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महोत्सवमा नेपाली संस्कृतिलाई केन्द्रमा राखेर लक्ष्य व्याण्डका साथै चर्चित कलाकारहरुको साङ्गीतिक प्रस्तुती तथा नृत्यहरु रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।

कला संस्कृतिको जर्गेनाका साथसाथै साँस्कृतिक पहिचान कायम राख्ने र नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको पौडेलको भनाई छ । कार्यक्रमबाट १५ लाख संकलन गरि पाँच लाख खर्च कटाएर १० लाख बचत गर्ने अपेक्षा आयोजकको रहेको छ ।

Facebook Comments