सांसद विकद्वारा सहिदको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा

संघीय संसदका सासंद दुर्गा बिकले जनयुद्धका सहिद बहिनी धनकुमारी बिकको सम्झनामा २५ हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । ढिकुरपोखरी समाज पोखरा र ढिकुरपोखरी समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रममा उहाँले अक्षयकोषको घोषणा गर्नुभएको हो ।

कार्यक्रम बिजयादशमी, शुभ दिपावली, नेपाल संम्वत छठ, ल्होसार लगाएतका चाडपर्वको अवसरमा आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद बिकले नेपालीहरुका यस्ता चाडपर्वले आफनै खालका सस्कृति र मौलिकता बोकेको बताउँनुभयो । कार्यक्रममा कास्कीका पुर्व जिबिस सभापति एवं समाजका सल्लाहाकार पुन्यप्रसाद पौडेल, अर्का सल्लाहाकार कुलबहादुर गुरुङ कुलु ले लगायतले चाडपर्वले आपसी सौहाद्रता बढाउने बताएका थिए ।

समाजका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढिकुरपोखरी समाज पोखराका सस्थापक अध्यक्ष रामचन्द्र पौडेल, ढिकुरपोखरी समाज पोखरा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ईन्द्रप्रसाद पौडेल, समाजका सल्लाहाकार लालबहादुर कुँवर, उपाध्यक्ष बाबुराम भण्डारी, सचिव सोमनाथ पौडेल, समाजका सदस्य एवं जिल्ला शिक्षा समन्वय ईकाई स्याङ्गजाका प्रमुख घनश्याम पौडेल, सदस्य रामेश्वर पौडेल लगायतले आउदै गरेका चाडपर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments