पुष्प व्यापार मेलाले बनायो पोखरा सभागृहलाई चिटिक्क

चौंथो गोदावरी प्रदर्शनी, पुष्प व्यापार मेला तथा प्रथम गण्डकी प्रदेश स्तरीय पुष्प व्यापार मेला २०७५ पोखरा सभागृहमा जारी रहेको छ । उक्त मेलामा पोखरामा रहेका २ दर्जन नर्सरीहरुले स्टल राखेका छन् ।

 

स्टलमा विभिन्न जातका फुल सजाएर राखिएका छन् । तिहारको पूर्व सन्ध्यामा भएको उक्त मेलामा आ आफ्ना घरमा सजावटका लागि गमला देखि करेसाबारी वा कम्पाउण्डमा लगाउन मिल्ने खालका फुलका विरुवाहरु विक्रीमा राखिएका छन् ।

प्लास्टिक, माटो तथा सिमेन्ट र काठबाट समेत बनेका गमलामा फुलका विरुवा, साथै सामन्य नर्सरीमा पाइने फुलका विरुवा साथै फूल बगैंचाको गोडमेल र सिंचाईका लागि आवश्यक उपकरणहरु राखिएका छन् । ५० रुपैयाँदेखि ५ हजार मुल्य सम्मका फुलका विरुवा मेलामा विक्रीका लागि राखिएका छन् ।


सयपत्री फुल खरिद गरेर लैजाँदै उपभोक्ता

Facebook Comments