प्याराग्लाडिङ वर्ल्डकपको उपाधि होडमा कोरिया अग्रस्थानमा

घनश्याम पाण्डेय

प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वर्ल्ड कप २०१८ स्याङ्जाको भीरकोट नगरपालिका स्वरेकमा जारी रहेको छ । आइतबार एक राउण्डको खेलसंगै प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । शुक्रबार र शनिबार दुई दिनको खेलमा ५ राउण्ड पुरा गर्दा दक्षिण कोरिया उपाधिको नजिक पुगेको छ ।

खुल्ला एकल तथा समुह चरणको खेलमा समेत वर्चस्व जमाउन सफल भएको कोरियाले प्रतियोगितामा ३÷३ वटा स्वर्ण पदक जित्ने संभावना बढेको छ । शनिबार सम्पन्न तीन राउण्डको खेलमा यसअघि अग्रस्थानमा रहेको स्लोभानिया कोरियासँग पछि परेको हो ।

खुल्ला तर्फको ईभेण्टमा पहिलो दिनको दुई राउण्डको खेलमा कोरियासंग समान ५ अंक ल्याउदै अग्र स्थानमा रहेको सोलोभानिया दोश्रो दिनको खेलमा भने चौथो स्थान पुगेको छ । पहिलो देखि तेश्रो स्थानसम्म कोरियाले आफ्नो वचश्र्व जमाउन सफल भएको छ । भीरकोट नगरपालिका ५ स्वरेक मैदानबाट उडान गरी वालिङ ११ डौंवाफाँटमा अवतरणको व्यवस्था मिलाइएको छ ।

एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको ईभेण्टमा २८ अंकका साथमा १० औं स्थानमा रहेका छन् । त्यस्तै पुरुष टिमतर्फ हालसम्म कोरिया प्रथम र दोश्रो स्थानमा रहँदा नेपालले तेश्रो स्थानमा रहेको छ । कोरियाले १ सय ५१ अंकका साथ अग्रस्थान, २ सय ५४ अंकका साथमा दोश्रो र २ सय ७० अंकका साथमा नेपाल तेश्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा १८ देशका ७० जना खेलाडीहरु सहभागी रहेका छन् । पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि स्याङजामा पहिलो पटक प्याराग्लाइडिङको वल्र्ड कप आयोजना गरिएको हो ।

प्रतियोगिताका बिजयी टिम तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गर्नेछन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैया रहेको संयोजक शैलेन्द्र राउतले जानकारी दिनुभयो ।

Facebook Comments