ट्रेड मलमा सपिङ गर्दा माछापुच्छ्रेका अधिकारीलाई ५० हजार उपहार

चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलमा सपिङ गरेका माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालका राजिव अधिकारीलाई ५० हजार रुपैयाँ उपहार परेको छ । ट्रेड मलले चाडपर्वलाई लक्षित गरी सुरु गरेको ‘दशैं तिहार उत्सव’ योजना अन्तर्गत स्क्राच कुपनबाट अधिकारीले नगद ५० हजार जित्नुभएको हो । अधिकारीलाई आइतबार एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरिएको छ ।

योजना अन्तर्गत ग्राहकको लागि १० लाख रुपैयाँ बराबरकोे उपहारको व्यवस्था गरिएको दशैं तिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिनुभयो । बम्पर उपहारमा १ लाख रुपैयाँ एक जनालाई र १० हजार रुपैयाँ ५ जनालाई प्रदान गरिनेछ । स्क्राच कुपनमा ५० हजार रुपैयाँसम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन् । उपहार योजना मंसिर ५ गतेसम्म सञ्चालन हुने र मंसिर ८ गते बम्पर उपहार विजेता छनौट गरिने ट्रेड मलले जनाएको छ ।

Facebook Comments