एनआइसी एसिया बैंकद्वारा २ सरकारी कार्यालयमा आफ्नो सेवा विस्तार

एनआइसी एसिया बैंकले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । बैंकले आइतबार कास्कीमा दुई वटा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय लेखनाथमा एक्स्टेन्सन काउन्टर विस्तार गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार दुवै कार्यालयबाट बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्नेछ ।

शर्माले देशैभर सबै भन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एशिया बैंकले आम नेपाली जनता बीच बैंकिङ पहुँच पु¥याउन सफल भइरहेको उल्लेख गर्नुभयो । बैंकका मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २८ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई रहेको छ । कास्कीमा मात्र बैंकका शाखा ११ वटा पुगेका छन् भने ३ वटा एक्स्टेन्सन काउन्टर छन् ।

Facebook Comments