पोखरामा रचइताज फेसन बुटिक सञ्चालनमा

पोखराको महेन्द्रपुलमा रचइताज फेसन बुटिक सञ्चालनमा आएको छ । कृस कञ्चन ज्वेलरीको भित्र सञ्चालित बुटिकको आइतबार एक कार्यक्रमका बीच मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दकले उद्घाटन गर्नुभयो । बुटिक डिजाइनकै विषयमा स्नातक अध्ययन गरेकी रचइता माकाजूले बुटिक सञ्चालनमा ल्याउनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दकले बुटिक डिजाइनको निकै महत्व रहेको बताउँदै राम्रो डिजाइनरले सञ्चालन ल्याएकाले रचइताजको भविष्य उज्ज्वल रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै महिला उद्यमी तथा पर्यटन व्यवसायी लक्की कार्कीले पछिल्लो समय फेसन डिजाइन तथा बुटिक डिजाइनमा आकर्षण देखिएको बताउँदै बुटिक व्यवसायको सम्भावना राम्रो रहेको धारणा राख्नुभयो ।

उद्घाटन कार्यक्रमलाई ३ दिनसम्म निरन्तरता दिइने संचालिका माकाजूले जानकारी जानकारी दिनुभयो । ‘भारत, चीन, इन्डोनेसिया, लगायतका देशबाट कपडा तथा मेटेरियल्स ल्याएर पोखरामा बुटिक डिजाइन गरिने उहाको भनाई छ । करिब ५० लाख रुपैयाँको लगानीमा पसल सञ्चालनमा ल्याईएको हो ।

Facebook Comments