चीनमा ट्रक दुर्घटना, १५ जनाको मृत्यु, ४४ घाइते

चीनमा ट्रक दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिंदा चीनको उत्तर–पश्चिम लान्झाउ सहरमा १५ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ४४ जना घाईते भएका छन् ।

लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ वटा कारलाई ठक्कर दिएको थियो । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चीनमा वर्षेनी हुने सवारी दुर्घटनाका हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुका अनुसार सन् २०१५ मामात्र सडक दुर्घटनामा करिब ५८ हजार मानिसको मृत्यु भएको थियो । चीनमा अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लंघनका कारण हुने गरेको बताइएको छ ।

Facebook Comments