कर्मचारीबाट सरकारलाई असहयोग : नेकपा अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले रणनीतिक महत्वका दीर्घकालीन पूर्वाधार सम्बन्धी कामहरू भईरहेको बताउनुभएको छ । वर्षौंदेखि मेहनत गर्दा पनि हुन नसकेका कामहरु कम्युनिस्ट एकताको तागतले संभव भएको प्रचण्डले बताउनुभयो । अहिले भारत तथा चीनसँगको सम्बन्धमा पनि सुधार आएको प्रचण्डको दाबी थियो ।

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताउनुभयो । संघीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गर्न प्रचण्डले सरकारलाई सुझाव दिनुभएको छ ।

संविधानले व्यवस्था गरे अनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाउने र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने उल्लेख गर्दै उहाँले ‘नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी संघीीय गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

जमिनद्वारा जोडिएको देश नेपाल ‘ल्यान्ड लक’ बाट ‘ल्यान्ड लिंक कन्ट्री बनेको भन्दै अध्यक्ष प्रचण्डले अब देशले भारतको कोलकात्तँ बन्दरगाह र चीनका ४ बन्दरगाह प्रयोग गरी विश्वभर व्यापार गर्ने सामथ्र्य बनाएको दाबी गर्नुभयो । देशमा स्थिर राजनीतिको वातावरण नभएको भए र बलियो सरकारको नबनेको भए एत्तः कुराहरु संभव नहुने उहाँको भनाई थियो ।

ल्हासादेखि लुम्बिनीसम्म रेल सञ्चालन, केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र अहिले पोखरा–लुम्बिनी तिर सर्भे गर्न योजना बनिरहेको भन्दै उहाँले पूर्वपश्चिम रेलमार्ग बन्ने अब निश्चित भैसकेको बताउनुभयो । विकासका पूर्वाधार र छिमेकीसँगको सम्बन्ध सुधार गर्ने विषयमा सरकार सफल भएको अध्यक्ष प्रचण्डको भनाइ छ । नेतृत्व तहमा सरकारको कामकारबाही र पार्टी एकाता सम्बन्धी समीक्षा गरिरहेको भन्दै उहाँले अपूरा कुराहरू पूरा गर्ने तथा नसमेटिएका कुराहरू समेट्ने प्रयास गरिरहेको प्रचण्डले बताउनुभयो ।

Facebook Comments