देवकोटा विद्धान कवि : प्रधानमन्त्री ओली

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्तीमा आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । मुलुकभित्र र विदेशमा रहेका नेपालीले कार्यक्रम गरी देवकोटाको सम्झना गरेका छन् । चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको हो ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात लक्ष्मी पूजाका दिन काठमाडुको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न शुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाजस्तो विद्धान कवि विश्वमा कहीँ पनि नभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा चित्रण गर्नुभयो । कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता बाचन गरेका थिए ।

Facebook Comments