काँग्रेस पार्टीको गुट अन्त्य गर्छु : कांग्रेस उपसभापति गच्छदार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने बताउनुभएको छ । पार्टीभित्रको गुट अन्त्य गर्ने भन्दै गच्छदारले विवादलाई न्यूनिकरणका लागि पहल गर्ने बताउनुभयो ।

काठमाडौमा आयोजना भएको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता गच्छदारले पार्टीमा रहेका गुट र उपगुट अन्त्यको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । आउँदो चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने उहाँको भनाई थियो । अहिलेको समस्या समाधान गर्न कांग्रेसले भूमिका निर्वाह गर्ने गच्छदारको भनाई छ ।

Facebook Comments