सरकारले जनभावना अनुसार काम गर्न सकेन : राप्रपा अध्यक्ष राणा

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोख्नुभएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैले कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष राणाले यस्तो बताउनुभएको हो ।

अध्यक्ष राणले ९ महिना बितिसक्दा पनि सरकारले जनअपेक्षा अनुसार काम देखाउन नसकेको टिप्पणी गर्दै दुई तिहाईको सरकार अल्मलिएको बताउनुभयो । अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ महिना बितिसक्दा पनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोख्नुभयो ।

फरक प्रसंगमा उहाँले अब तीनवटै राप्रपा एक हुनेगरि छलफल अघि बढाइएको पनि जानकारी दिनुभयो । राप्रपा पार्र्टीहरुवीच एकताको लागि सकारात्मक छलफल तथा सम्वाद जारी रहेको उहाँको भनाई छ । तर, पार्टी एकता कहिले हुन्छ भनेर अवधि तोक्ने बेला नभएको उहाँको भनाई थियो ।

Facebook Comments