अमेरिकी संसदमा नेपाली मूलका एचबी ह्यारी भण्डारी निर्वाचित

अमेरिकामा हिजो भएको मध्यावधि निर्वाचनबाट नेपाली मूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ । बाल्टिमोर काउन्ट्रीको मेरिल्यान्ड डिस्ट्रिक ८ बाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जित हासिल गर्नुभएको हो ।

अमेरिकाको राजनीतिक तहमा रहेका नेपाली मूलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्चतहमा पुग्नुभएको बताइएको छ । तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुँदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजारभन्दा बढी मत ल्याउनुभएको छ । भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बन्नुभएको थियो

Facebook Comments