एक्सपर्ट एजुकेसन पत्रकार महासंघलाई सहयोग

नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ । सोमबार महासंघमा आयोजित एक समारोहका बिच एक्सपर्टका पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्सि सहयोग हस्तान्तरण गरेका छन।

एक्सपर्टले करिब एक लाख २० हजार मुल्य बराबरको कुर्सि हस्तान्तरण गरेको हो । कुर्सि हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक थापाले आफुहरुले सामाजिक उत्तरदाहित्व अन्र्तगत पत्रकार महासंघलाई सहयोग गरेको जानकारी दिनुभयो । महासंघ कास्की शाखामा दुई तले पक्की भवन, २ सय र ५० सिट क्षमताका दुई वटा सभाहल रहेका छन ।

Facebook Comments