द भ्वाईस अफ नेपालः सि डि विजय अधिकारीलाई उपाधि जिताउन सहयोग समिति

अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी शो द भ्वाईस अफ नेपालमा पोखराको प्रतिनिधित्व गरिरहेका गायक सि डि विजय अधिकारीलाई उपाधि विजेता बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । अधिकारीलाई उपाधि विजेता बनाउनकै लागि ३५ सदस्यीय सहयोग समिति समेत गठन गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

संगीत प्रशिक्षक नवराज बरालको संयोजकत्वमा गठीत उक्त समितिले अधिकारीलाई भोट गर्न आर्थिक जोहो र प्रचारप्रसार गरी उपाधि दिलाउन सहयोग गर्ने संयोजक बरालले जानकारी दिनुभयो । समितिका सदस्यहरु तोकिएपनि पदीय जिम्मेवारी भने दिईएको छैन ।

कार्यक्रममा बोल्दै गायक अधिकारीले आँफूमा द भ्वाईस अफ नेपाल बन्ने पूर्ण आत्मविश्वास रहेको बताउँदै भोट गरेर सहयोग गर्न अपील गर्नुभयो । भोटिङ कोड ११ रहेका अधिकारीलाई भोट गर्नका लागि मोवाईलको म्यासेज बक्समा गएर ११ टाईप गरी ३७००० मा पठाउन सकिने जनाईएको छ ।

यसअघि पनि विभिन्न गायन रियालिटी शो हरुमा उत्कृष्ठ ठहरिईसकेका कास्की लाहाचोकका अधिकारी संगीत कर्ममै व्यस्त हुनुहुन्छ । द भ्वाईस अफ नेपालका ४ जना प्रशिक्षक (कोच) मध्ये अधिकारी दिप श्रेष्ठको समूहमा रहनुभएको छ ।

Facebook Comments