निर्मला पन्त हत्या प्रकरणः दोश्रो दिन पनि आमा बुबा धर्नामा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै उहाँको परिवारले शुरु गरेको अनिश्चितकालिन धर्ना आज दोस्रो दिन पनि जारी रहेको छ ।

पीडित परिवार र नागरिक समाज संघर्ष समितिले निर्मलाको घटनाका दोषिलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राख्दै हिजोबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए । उनीहरुले सरकारले आफूहरुका माग पुरा नगरेसम्म धर्ना जारी राख्ने बताएका छन् ।

यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पीडित परिवारले राखेको मागबारे गृह मन्त्रालयमा जानकारी गराएको बताउनुभएको छ ।

अधिकारीले अपराधी पत्ता लगाउने काम प्रहरी प्रशासनको भएको भन्दै सम्बन्धित निकायलाई गृह प्रशासन र स्थानीय प्रशासनले समेत निर्देशन दिएको जानकारी दिनुभयो ।यस्तै, सरकारले आफूहरुका माग वेवास्ता गरे जिल्ला प्रशासनकै अगाडि आमरण अनसन बस्ने पीडित परिवारले चेतावनी दिएका छन् ।

Facebook Comments