कंगारु एजुकेशनको अल नेपाल रोड शो हुदैं

अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो नाम दिईएको उक्त फेयर आगामी कात्तिक २९ गते बिहिबार पुर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ ।

कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो दिनको फेयर काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ । यस्तै मंसिर २ गते चितवन,मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरा चिप्लेढुगां स्थीत सेलवेज टावर पाचौं तलामा रहेको कंगारु एजुकेशन फाउण्डेशनको कार्यालय परिसरमा फेयर गरेर उक्त शो समापन हुने बताइएको छ ।

अन्य सबै स्थानका फेयर संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् । मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमिल्सिनाले जानकारी दिनुभयो ।

सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न चाहन्छौं । यसका लागि जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित फेयर आयोजना गर्न लागेका तिमिल्सिनाको भनाइ रहेको छ ।

Facebook Comments