मातृ शिशु मितेरी अस्पतालमा कोगामागने मितेरी कक्ष स्थापना

पोखरा–१६ बाटुलेचौरमा रहेका मातृशिशु मितेरी अस्पतालमा पोखरा महानगरपालिकाले पहिलो पटक अन्तराष्ट्रिय सम्वन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा कोमागाने मितेरी कक्ष स्थापना गरिएको छ ।

कोगमागाने र जापानका बारेमा अध्ययन गर्न सकिने गरि स्थापना गरिएको कक्षको सोमबार गण्डकी प्रदेशका सांसद कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्ग र सिटिजन एशोसियसन फर नेपाल एक्सचेन्ज कोमागानका अध्यक्ष कोमा सुभारा संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पोखराले पहिलो पटक अन्तराष्ट्रिय रुपमा सम्वन्ध स्थापना गरेको जापानको कोमागाने शहरसंगको सम्वन्धलाई अझै प्रगाढ र सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद थापाले कोमागानले पोखरामा ठूला विकासका आयोजना संचालन बारे लविङ्ग गर्नुपर्ने बताउनुभयो ।

पोखरा महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गले मितेरी सम्वन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताउनुभयो । कोमागाने शहरमा आफुुले गरेको भ्रमण फलदायी रहेको बताउदै उहाँले समान प्रकृतिका शहर भएकाले मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सिटिजन एशोसियसन फर नेपाल एक्सचेन्ज कोमागानको अध्यक्ष कोमा सुभाराले पोखरा र कोमागाने वीचको सम्वन्धले दुई शहर जनता वीचको सम्वन्ध सुमधुर बनेको बताउदै सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा वडा नम्वर १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, मातृशिशु मितेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल, अस्पतालका सुपरिन्टेण्डेन्ट प्रेमराज पंगेनी, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, अस्पतालका डा.रामचन्द्र बास्तोला, पोखरा कोमागाने नागरिक मैत्री एशोसियशनका अध्यक्ष शारदा मोहन काफ्ले लगायलते पोखरा र मोमागाने शहरका बारेमा चर्चा गरेका थिए ।कोमागाने र पोखरा वीच सन् २००१ म मितेरी सम्वन्ध स्थापना भएको थियो । मितेरी सम्वन्ध स्थापना भएको १८ वर्ष पुगेको छ ।

Facebook Comments