पोखरा र कोमागानेको सम्वन्ध दाजुभाई र दिदिबहिनी जस्तो : प्रमुख जिसी

पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीले जापानको कोमागाने र पोखराका जनतावीचको सम्वन्ध दाजुभाई र दिदिबहिनीको जस्तो रहेको बताएका छन् । कोमागानेबाट आएको १२ सदस्यीय टोलीलाई पोखरा महागनरमा स्वागत गदै प्रमुख जिसीले मितेरी सम्वन्धले विकास, प्रविधि र सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको बताउनुभयो ।

उहाँले दुई शहरका जनताको सम्वन्धलाई अझै प्रगाढ बनाएको बताउदै यसलाई अझै सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । मखमली फुलको माला लगाएर स्वागत गर्न पाउदाँ खुशी लागेको बताउदै जसरी दिदिबहिनीले दाजुभाईलाई सम्वन्ध बलियो र चिरञ्जिवी दिर्घकायुको कामना गर्छन त्यस्तै कोमागाने र पोखराको सम्वन्ध कायम रहोस भन्ने स्मरण भएको जिसीको भनाई थियो ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पोखरा सौन्दर्यताले भरिपूर्ण रहेको बताउदै २० वर्ष अधि स्थापित सम्वन्धलाई अझै सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गले मायाको चिनो प्रदान गदै स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन पोखरा कोमागाने नागरिक मैत्री एशोसियशन पोखराका सचिव महेन्द्र बहादुर गोदारले गर्नुभएको थियो ।

Facebook Comments