युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा साढे दुइ लाख संकलन

युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा २ लाख ५० हजार नगद संकलन भएको छ । सामाजिक कामको माध्यामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लव पोखराले दिपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट विपद ब्यवस्थापन कोषका लागी २ लाख ५० हजार नगद संकलन गरेको क्लवका महासचिव शान्ता बहादुर थापाले जानकारी दिनुभयो ।

स्थापना कालदेखीनै तिहारको वेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी अमरसिंह चोक वरपरका विभिन्न बस्तीहरुमा सौर्यबत्ती जडान गर्दै आइरहेको युनाइटेड क्लवले यो वर्षदेखी तिहारको वेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोष स्थापना गर्न लागेको क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार यो पटक देउसीभैलो कार्यक्रममा संकलित रकमबाट विपद ब्यवस्थापन कोष खडा गरी कोही कसैलाई प्राकृतिक विपत्तिबाट पिडित भएमा तत्काल सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।

Facebook Comments