प्रतिपक्षी दलको नेताको रुपमा देउवाको भूमिका कमजोर : काँग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृ सुजाता पौडेलको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गर्नुभएको छ । साथीकोमा खाना खान बोलाएर खान जाँदैमा कोही आत्तिनु नपर्ने नेता पौडेलको भनाई थियो ।

प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी संसदमा कमजोर बनेको टिप्पणी गुर्नभयो । संसदमा सभापति शेरबहादुर देउवाले शशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको नेता पौडेलको आरोप लगाउनुभयो ।

विपक्षी दलको नेताका हिसावले आक्रामक प्रस्तुति हुनुपर्ने भएपनि देउवाको भूमिका प्रभावकारी हुन नसकेको पौडेलको आरोप थियो । आफ्नो दल मात्र नभई सरकार पनि हल न चलको अवस्थामा पुगेको पौडेलको टिप्पणी थियो । आफूलाई पदीय जिम्मेवारी भन्दा पनि पार्टी कमजोर बनेकामा चिन्ता लागेको पौडेलको भनाई छ ।

उहाँले निर्वाचनमा के कारणले काँग्रेस पराजित भयो, पार्टीलाई कसरी पुनः पहिलो पार्टीको रुपमा स्थापित गर्ने पार्टी कसरी सुधार्ने भन्ने चिन्ता आफूलाई रहेको बताउनुभयो । पार्टी उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उहाँले स्पष्ट पार्नुभयो ।

Facebook Comments