सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी नियुक्त

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी चयन हुनुभएको छ । सुवेदीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सुवेदीलाई सपथ गराउनुभएको हो ।

मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गर्नुभएको हो । सोडारीले पद अनुकूल आचरण नगरेको र पार्टीको सुझाव अटेर गरेकाले बर्खास्त गर्न नेकपाको सुदूरपश्चिम कमिटीले सिफारिस गरेको थियो ।

सोडारीलाई पदमुक्त गरेपछि कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीलाई नियुक्त गरिएको हो । सोडारी पनि सोही क्षेत्रको क बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्ती गर्नुभएको थियो ।

Facebook Comments