चीनले नेपालको पर्यटन प्रवर्धनमा लगानी गर्ने

चीनले नेपालको पर्यटन प्रवर्धनमा लगानी गर्ने भएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गर्नुभयो ।

पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री गुगांगले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले जानकारी दिनुभयो । उहाँले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पार्नुभयो ।

काठमाण्डुमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आइपुग्नुभएका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषमया पनि छलफल भएको संस्कृति, पर्यटन तथा तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ। मन्त्रीस्तरीय भेटवार्तामा नेपालका लागि चिनियाँ राजदुत यू होङको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments